आर्थिक

लक्ष्मी बैंकको ११६औँ शाखा अब ताहाचलमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममाआफ्नो ११६औँ शाखा काठमाण्डोैंको तहाचलमा संचालनमा ल्याएकोे छ। यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझवित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँशाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११६शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४०एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ६४शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतक ावित्तीयसेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीयपहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दैआएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।