आर्थिक

प्राइम बैंकको शाखा संचालन काठमाडौको चपलीमा

काठमाण्डौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ड नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९७ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बुढानीलकण्ड नगरपालिका मेयर उद्धव प्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा समुदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकको दाबी छ ।