फ्रान्स । पश्चिम अफ्रिकामा अवस्थित भू-परिवेष्ठित देश मालीमा दुईवटा लडाकू विमान एकआपसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले पुष्टि गरेअनुसार जिहादीविरुद्धको अपरेसनका क्रममा दुईवटा विमान हिजो(सोमबार) एकआपसमा ठोक्किएको हो।
बुर्किना फासो र नाइजरको सिमानामा विद्रोहीहरूलाई संलग्न भूमिगत सेनालाई सहयोग गरिरहेको बेला टाइगर एट्याक हेलिकप्टर र कुगर मिलिट्री ट्रान्सपोर्ट एकआपसमा ठोकिएको हो । मरेकाहरूमा सेन्ट्रिस्ट सीनेटर जीन-मैरी बोकलको छोरा पनि रहेका एएफपी समाचार एजेन्सीले बताएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले सन् १९८० यताकै सबैभन्दा बढी फ्रान्सेली सैनिकको मृत्यु भएको दुखद घटना भएको बताएका छन् ।
उनले यस विषयमा थप अनुसन्धान गर्नसमेत निर्देशन दिँदै ट्विटमार्फत भनेका छन्, “ती १३ जना नायकको एउटै उद्देश्य थियो, हामिलाई बचाउने । म उहाँहरुको निधनबाट निकै दुखित छु । उहाँका आफन्त र सहकर्मीप्रति समवेदना प्रकट गर्दछु ।”
इस्लामिक मिलिसियाले उत्तरी क्षेत्रको ठूलो भाग कब्जा गरेपछि सन् २०१३ यता फ्रान्सले उक्त स्थानमा हजारौं सैनिक खटाएको थियो ।