एजेन्सी । दक्षिण पूर्वी एसियाली देश फिलिपिन्समा आइतबार ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिणी क्षेत्र मिन्डानाओ टापुमा आज दिउँसो गएको भूकम्पमा परि हालसम्म एकजनाको मृत्यु भएको छ भने कयौं अन्य घाइते भएका छन् ।
दक्षिणी फिलिपिन्सको मातानाओ शहरका मेयर भिन्सेन्ट फर्नाडीजले स्थानीय रेडियोलाई बताइन् कि छ वर्षकी एउटी केटीको भित्ता भत्के पछि मृत्यु भएको छ।
दभाओ सहरदेखि ६१ किलोमिटर दक्षिण-पश्चिमम पर्ने मिन्डानाओ टापुलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले भौतिक संरचनामा क्षति पुगेको स्थानीय समाचार एजेन्सीहरूले बताएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणकर्ताहरूले ६.० रेक्टर स्केल भन्दा माथिको भूकम्प गएको बताएका छन्।