आर्थिक

सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलकोतर्फबाट महाप्रबन्धक  विजय रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग कर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको नेपाल मेडिसिटि हस्पिटल, ललितपुरको भैंसेपाटीमा अवस्थित छ ।