पु.समाचार

भ्रष्टचारले ९९.९९ प्रतिशत सीमा नाघ्न लागेपछि ७० करोडको अडियो बाहिर ल्याएको हुँः मिश्र

काठमाडौं । निर्वतमान संञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ प्रेस ७० करोड बार्गेनिङ प्रकरणको अडियो सार्वजनीक गर्ने व्यक्ति विजय प्रकाश मिश्रले सार्वजनीक भएको अडियोमा सत्यता भएको र थपघट केहि नगरेको बताएका छन् । साथै आफु भ्रष्टचार बिरोधि अभियानमा सकृय भएर ९९.९९ प्रतिशत भ्रष्टचारले सीमा नाघेपछि बाध्य भएर भिडियो सार्वजनीक गरेको दाबी गरेका छन् ।

लेखा समितिमा मुद्धा परिसकेको र समितिले ११ गते आयोजना गरेको बैठक अचानक ८ गते सारेको जानकारी आफुले पाएपछि मुद्धा ओझेलमा पर्ने डरले समेत उक्त अडियो सार्वजनीक गर्नुपर्ने बाध्यता आएको उनको दाबी छ । उनले केहि व्यक्तिलाई आफुले भिडियो उपलब्ध गराएको स्वीकार गर्दै यस विषयमा पत्रकारलाई राम्रोसंग बुझेर समाचार बनाउन आग्रह गरेका गरेका हुन् ।

कुनै बेला स्विजरल्याण्डको कम्पनीले लगानी वोर्डमार्फत बुठ प्रकृयाबाट नेपालमा यो स्थापना गर्छौं भन्दै ६ वर्ष अघि प्रस्तावना ल्याएको जिकिर गर्दै त्यसको सिलशिलामा त्यहाँबाट उनीहरुले ५ वर्ष अगाडी सञ्चारमन्त्रालयलाई चिठी पठाएको बताए । उनले त्यो चिठी सञ्चारमन्त्रालयमा काम गर्न नदिएपछि स्वीस कम्पनी काम छोडेर हिँडेको बताए ।

उक्त प्रकरणमा वास्तविकता वाहिर आएको र लेखा समितिले अनुसन्धान गरिरहेकोले यस्लाई निचोडमा पुर्याउने काम पनि समितिको भएको भन्दै आफुले अनुसन्धानका लागि राज्यलाई सक्दो सहयोग गर्ने बताएका छन् । उनले उक्त प्रकरणमा नीतिगत भ्रष्टचार भएको भन्दै रिर्पाट तयार पार्दादेखी नै भ्रष्टचारको गन्ध आएको र आजसम्म भ्रष्टचारले ९९.९९ प्रतिशत पारगरेको भएपनि भ्रष्टचारले मुर्त रुप लिन खोज्दा आफुहरुले त्यसलाई फेरी सन्तुलन मिलाउँदै सहि स्थानमा ल्याएको दाबी गरेका छन् ।

मिश्रले आफना धारणा लेखा समितिमा राखिसकेको र राज्यलाई भ्रष्टचार मुक्त बनाउने धारणका कारण कुनैपनि बेला सहयोग गर्न तयार रहेको बताएका छन् । आफुले भ्रष्टचारको ५ अरबको मुद्धा उठाईरहेको र मन्त्रीले समेत यस्मा छानबिन गर्न सर्मथन गरेको भन्दै लेखा समितिले पुर्वाग्रही भएर प्रहरीलाई पत्र लेख्नुलाई आफुले युक्ति संगत नठान्ने भन्तै लेखा समिती कँहाबाट प्रभावित भयो भन्दै प्रश्न गरेका छन् ।

साथै यो प्रकरण बाहिर आएसंगै तपाई लुकेर हिँड्न थाल्नुभएको छ भन्ने प्रश्नमा त्यस्तो नभई आफ्नै कामका कारण ब्यस्त भएको र आफुले केहि समस्या महशुस नगरेको बताए । उनी भन्छन्ः एमआरपी फ्रान्सको कम्पनीले ओभरथरले छापरिहेको छ, त्यस्को प्रतिनिधि फ्लोरेन्स पाकोलेन थिए र विकल पौडेल पासपोर्ट डिभिजनमा नेपाल सरकारको टेक्निकल अफिसरका रुपमा काम गर्नुहुन्थ्यो र उहाँहरु दुबैजना परिवर्तन भएर पौडेल सुरक्षा मुद्रणमा केन्द्रको सिईओ हुनु भयो र पाकलोन चाँहि जर्मन कम्पनीमा प्रवेश गर्नुभयो यो चाँहि संयोग नै भन्नुपर्छ मैले त्यसबेला देखीनै यस विषयमा भ्रष्टचार बिरोधि भएर अध्ययन गर्न थालेको हु ।

मिश्रले उनीहरुले जर्मनको भेरीटस कम्पनीको को सहयोग लिएर रिर्पाट तयार गरेको र रिर्पाट तयार गर्दा यसको मुल्याङकनमा ८ देखी दश अर्ब बृद्धि गर्दै होल सोलुशन गर्ने मनसाय बनाएपनि अन्त्यमा पुरा नभई आधा सोलुसन लिने निर्णय गरेको उनीहरुले रिपोर्ट तयार गरी सञ्चारमन्त्रालयमा पेश गरी सञ्चार मन्त्रालयमा विभिन्न किसिमका कार्यदल बनेको र यसलाई मन्त्रीपरिषदले दुई पटक पारित गरेको गरेको बताए । त्यस्का लागि मन्त्री सचिव र सह–सचिवको नेतृत्वमा छुट्टा–छट्टै समिति बनेका थिए । साथै यसको छानबिनको विषय लेखा समिति र मन्त्रीहरुको भएको बताएका छन् ।

नेपालमा भ्रष्टचार गर्दा रिपोर्ट तयार पार्दादेखी नै मुल्य बृद्धि गर्ने देखी लिएर बिभिन्न वाहानामा नीतिगत भ्रष्टचारहुने गरेको भन्दै यस्मा ५ अर्ब भ्रष्टचार भएको ठोकुवा गरेका छन् । स्वीजल्याण्ड सरकारले भ्रष्टचारका लागि लड्नलाई विश्वलाई नै सहयोग गरिरहेको भन्दै यो प्रकरणमा पत्रपत्रिकामा आएजस्तो स्वीसको संलग्नता गलत भएको भन्दै स्वीजरल्याण्ड सरकार, कम्पनी कसैको पनि यो प्रकरणमा कुनै संलग्नता नभएको बताएका छन् ।

आफुले भ्रष्टचार बिरोधि अभियान अन्तर्गत साढे ५ अर्ब भन्दा बढि भ्रष्टाचार भएको विषयलाई जनता समक्ष ल्याएको र उक्त भ्रष्टाचार बिरोधि अभियानमा जनतानै निर्णायक हुने मिश्रले बताए । मिश्रले एक टेलिभिजनसंगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।