काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेकपा भित्रको आन्तरिक झगडाले फेरी राजनीतिक अस्थिरताको कालो बादल मडारीएको बताएका छन् ।
ईटहरीको एक पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्थायित्व र बलियो सरकार भयो भने मात्र आर्थिक बिकास र सम्बृद्धि प्राप्त हुन्छ भनेर जनताले नेकपालाई पूर्ण बहुमत दिएको बताएका छन् ।
तर अहिले नेकपाको पार्टीभित्रै आन्तरिक कलह मौलाएको भन्दै फेरी राजनीतिक अस्थिरता छाएको टिप्पणी गरेका छन् । उनले पार्टीको आन्तरीक कलहले नेपाली जनतालाई निराशा नबनाउन ओली सरकारलाई आग्रह गरेका छन् ।
चुनावका बेला मुलुकमा पानि जहाज र रेलको ठुलो सपना बाँड्ने नेकपाको सरकार आज आफ्नै पार्टी भित्रको बिबाद मिलाउन मै व्यस्त देखिएको छ । भने पार्टीकै नेता कार्यकर्ता ठुलो–ठुलो भ्रष्टचारमा मुछिएपछि नेकपाको सरकार झनै आलोचीत बनेको छ ।





