काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अधयक्ष जीतजंग बस्नेतले हरेक मानिसको ज्ञानको भण्डारको रुपमा रहेको पुस्तकमा लागाईएको कर तत्काल हटाउन माग गरेका छन् ।
अध्यक्ष बस्नेतले हप्तादिन अगाडीमात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि पर्ने राज्यको अबौं भ्रष्टाचारमा संलग्न रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मानिसलाई सक्षम, सवल, बुद्धीमानी र समाजप्रति जिम्मेवार बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने पुस्तकमाथी कर लगाएकोमा तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेकपा अधयक्ष केपी शर्मा ओलीप्रति आक्रोशीत हुँदै भनेका छन्, ‘नेपालकी छोरी निर्मला पन्तको बलात्कारपछिको हत्या गर्ने हत्यारादेखी अर्बौंको भ्रष्टाचार गर्नेलाई संरक्षण दिन पछि नपर्ने सरकार यती काण्ड, वाईडबडी, कर बृछि काण्ड, न्यारो बडी र हेलिकप्टर चार्टरसहित करोडौं खर्च गरी जन्मदिन मनाएको काण्ड पछिल्लो समय ओली सरकारको एक काण्ड थपिएको थियो । यति हुँदा हुँदैपनि जनताले गरेको बिरोधलाई बेवास्ता गर्दै एकोहोरो रुपमा स्थानीय तह, प्रदेश र केन्द्रमा भ्रष्टाचारमा लिप्त भएको ओली सरकारले पछिल्लो समय मानिसको ज्ञानको भण्डारको रुपमा बिश्वले नै मानेको पुस्तकमा अनावश्यक कर बृद्धि गर्नुले बिद्यार्थीहरुमा पुस्तकको मुल्य बृद्धी भई पठनपाठन महंगो हुनुका साथै शिक्षा क्षेत्रमा धान्नै नसक्ने गरी जनतालाई पीँडा थपिदिएको तरुण दलले महशुस गरेको छ ।’
उनले तत्काल कर फिर्ता लिन आग्रह गर्दै कर बढाएर, महंगी बढाएर मुलुकलाई अन्योलै अन्यौलको अवस्थामा पारेर जनतालाई पीँडा थपेको बेला पुनः ज्ञानको भण्डारको रुपमा रहेको मानिसलाई बुद्धिको बिर्को भने किताबमा लगाईएको कर तत्काल हटाउन तरुण दल भ्रष्टचारी ओली सरकारलाई जोडदार माग गरेका छन् । विज्ञप्ती जारी गर्दै जनताको हितमा गरिएको तरुण दलको मागलाई बेवास्ता गरी जनतामाथी अन्याय नगर्न चेतावनी दिँदै ओली सरकारका हरेक पाईलाका जनता बिरुद्धका अन्यायका बिरुद्ध सदैब सडक आन्दोलन गर्न पछि नपर्ने दल ध्यानाकर्षण गराएका छन् ।






