काठमाडौं । पछिल्लो समय कोरोना भाइरसका कारणले गर्दा विभिन्न देशका मानिसहरु बिचलित भएका छन् । चीनवाट सुरु भएको कोरोना भाइरस अहिले नेपालमा कतै लक्षण देखिएको होकी भन्ने आशंका देखिएको छ ।
आज टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि दुईजना विरामी कोरोनाको संक्रमणको आशंकामा आइसोलेसन वार्डमा राखिएको छ । आइसोलेसन वार्डमा राखेका दुवै चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली भएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए ।





