काठमाडौं । केही समयअघि फरार भएका सिद्धबाबा अदाल समक्ष पुगेका छन् । बलात्कार मुद्धाका आरोपित सिद्धबाबा भनिने (कृष्ण बहादुर गिरी) जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गर्न पुगेका हुन् ।
आफ्नै अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा अलदालतबाट फैसला आउनु पुर्व नै भारत तर्फ फरार भएका थिए ।
उच्च अदालते गत माघ ९ गते गिरिललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अदालतको आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी गरिएको प्रहरीले बताएको छ ।
यसअघि गत मंसिर १६ मा जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख धरौटिमा छोड्न आदेश दिएपछी उक्त आदेशका विरुद्ध उनि सरकारी वकिलको कार्यालय उच्च अदालत बिराटनगर पुगेका थिए ।
उनि अदालमै बहस हुँदै गर्दा एकाएक फरार भएपछी प्रहरीले उनको खोजी गरिरहेको थियो ।





