काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चीनमा सुरु भएको कोरोना भाईरसको त्रासका कारण काठमाडौमा होलीको अवसरमा हुने भनिएका सार्बजनिक कार्यक्रमहरुमा रोक लगाएको छ ।

आउँदै गरेको होली पर्वलाई मध्यनजर गर्दै सार्बजनिक रुपले भीडभाडमा होली मनाउन स्वीकृत नदिने आज बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौ जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग पुर्व स्वीकृती लिएका कार्यक्रमलाई रद्ध गर्न आग्रह गर्दै होली खेल्न बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताएका छन् । आउँदो २६ गते काठमाडौंमा होली पर्व रहेको छ । रगंहरुको पर्वको रुपमा मनाईने होली पर्व यसपटक सर्बसाधारणहरुले मनाउने सम्भावना घटेको छ ।





