समाचार

प्रतिनिधिसभा बैठक आज बस्दैः कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा कोरोना भाईरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका छन् ।

सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए ।

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् । चीनबाट सुरु भएको प्राण घातक कोरोना भाईर यतीबेला शिश्वव्यापी फैलिएको छ ।

छिमेकी मुलुक भारतमा समेत फैलिएसंगै नेपालमा उच्च जोखीम निम्तिएको छ । यस्तै नेपाल सरकारले विभिन्न सभा, सम्मेलन जस्ता कार्य नर्गन र मास्क प्रयोगर्न आग्रह गरेको छ ।

भने बाहिर देश नजान समेत अपील गरेको छ भने सिमा नाकाहरुमा उच्च सर्तकता अपनाउने निर्णय गरेको छ । नेपाल आजसम्म कसैमा यो भाईरसको संङक्रमण नदेखीए पनि सर्तक रहन जरुरी छ ।