प्रदेश 1

नेकपाले जनचाहना अनुसार काम नगरेको र झुटको राजनीति गरेको भन्दै सयौं कार्यकर्ता कांग्रेसमा

ईलाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले निर्वाचन जितेको स्थानबाट सयौं व्यक्ति प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ईलामको माङ्सेबुङ्ग गाउँपालिकामा नेकपा, संघीय समाजवादी पार्टी लगाएतका पार्टीका ठुलो सङख्यामा नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाबाट आकाश सम्वाहाम्फे, बिजय राई, निश्चल लिम्बु लगायत १० जना रहेका छन् । त्यसैगरी संघीय समाजवादी पार्टी नेपाल र जनमुक्ति पार्टीबाट सेसेहाङ शेर्मा, खगेन्द्र राई, भक्तराज शेर्मा, फासुहाङ लावती, पुस्कर आङ्गदाङ्बे, राम आङबुहाङ्ग, युगवहादुर थेगिम, उजा माबुहाङ्ग, बिक्रम सिवु, खगेन्द्र मगर, बुद्धीमान साङ्गपाङ, भवानी लाबुङ्ग, सम्झना फागो, नेत्र बहादुर सुक्वा लगायत ५७ जना रहेको तरुण दलका रनमान थेबेले बताए ।

प्रवेश गर्ने अधिकाशं गाउ तहका नेता तथा कार्यकर्ता हुन् । पार्टी प्रवेश गर्नेहरुले नेकपाले जनचाहना अनुसार काम नगरेको तथा झुठको राजनीति गरेकोले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका बताएका छन् ।

इलामको पश्चिम भेगमा पर्ने यो क्षेत्रमा संघीय निर्वाचनमा तत्कालीन संबिधानसभाका अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले जितेको क्षेत्र हो । त्यसैगरी प्रदेशसभामा पनि नेकपाले जितेको क्षेत्र हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व संबिधानसभामा सदस्य नगेन्द्र कुमालले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

उनका अनुसार ‘माङ्सेबुङ ५ मा नेकपाबाट १० जना तथा संघीय समाजवादी तथा जनमुक्ति पार्टीबाट ५७ जना समेत गरी ६७ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । कांग्रेसको भातृसंस्था दरुण दलको वडा गठनको लागि आयोजित कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको माङ्सेबुङ गाउँ पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

सो कार्यक्रममा माङ्सेबुङ गाउँपालिकाका पार्टी सभापति इन्द्र सम्बाहाम्फे, सचिव धडकन लिम्बु, लगायतको उपस्थित थियो । साथै सो भेलाले माङ्गसेबुङ गापको वडा न ५ को तरुण दलको अध्यक्षमा पदम कुमार लिम्बु सहित २१ जनाको कार्यसमिति समेत निमार्ण गरेको छ ।