समाचार

एका बिहानै किन काटियो रघुपति जुट मिलको बिजुली ? यस्तो छ कारण

काठमाडौं । रघुपति जुट मिलको बिजुली काटिएको छ । साढे १५ करोड रुपैयाँ बक्यौता नतिर्ने रघुपति जुट मिलको बिजुली काटिएको हो ।

डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता नतिरेपछि आज (बुधबार) लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले जानकारी दिएका छन् । साथै मिलले बक्यौता रकम तिरेमा फेरि बिजुली जडान गरिदने प्राधिकरणले जनाएको छ ।

मिलले गएको कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताएका छन् ।

मिलले डेडिकेटेड लाइनको बक्यौता नतिर्ने भन्दै उच्च अदालत विराटनगरमा मुद्दा हालेको थियो । तर प्रेमराज ढकाल र नरिश्वर भण्डारीको इजलासले फागुन ५ गते प्राधिकरणको पक्षमा फैसला गरेपछि प्राधिकरणलाई बक्यौता उठाउन थप सहज भएको थियो ।