समाचार

सरकारले सार्वजनिक गर्यो २०७७ सालको विदाहरुको सूचीः दशैं र तिहार कहिले ?

काठमाडौं । सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । जसअनुसार सदजसो प्राय कार्तिकमा पर्ने तिहार (भाईटिका) २०७७ सालमा मंसिरमा परोको छ । प्रायजसो हामीले थाहापाउने गर्दछौंकि तिहार कार्तिकका परेको हुन्छ तर यो साल मंसिरमा परेको छ ।

भने २०७७ सालको दशैंको टीका कार्तिक १० गते परेको छ । भने तिहार मंसिर १ गते परेको छ । सरकारले सार्वजनीक गरेको सूचीअनुसार दशैं र तिहार पर धकेलिएका छन् । २०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

२०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए । धर्मशास्त्रका जानकारहरुका अनुसार मलमास परेका वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्छ ।

यस्तै २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको हो । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिने छ ।

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।