अन्तर्राष्ट्रिय

रोकिएन कोरोना आतंकः विश्वभरी २ लाख ३३ हजार वढीको मृत्यु, संक्रमीतको संख्या ३३ लाख नाघ्यो

१९ बैशाख काठमाडौं । चीनको उहान सहबाट फैलिएको कोरोना भाईरसको कारण विश्वभर मृत्यु हुनेको संख्या रोकिने क्रम देखिएको छैन । वल्र्ड मिटरको बिहान साढे ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ८३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८७ हजार ३३१ जना थप संक्रमित पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार संसारभर ३३ लाख ४ हजार ३८१ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अहिलेसम्म विश्वभर १० लाख ३९ हजार १४४ जना ठिक भएका छन् । अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

अमेरिकामा १० लाख ९५ हजार १९ कुल संक्रमित भएका छन् भने ६३ हजार ८५६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५२ हजार ३२४ निको भएर फर्किएका छन् । इटालीमा २ लाख ५ हजार ४६३ कुल संक्रमित भएका छन् भने २७ हजार ९६७ जनाको मृत्यु भएको छ । यसैबीच ७५ हजार ९४५ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म एक लाख ७१ हजार २५३ कुल संक्रमित भएका छन् भने २६ हजार ७७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ३९ हजार ६३९ कुल संक्रमित भएका छन् भने २४ हजार ५४३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३७ हजार ९८४ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ६७ हजार १७८ कुल संक्रमित भएका छन् भने २४ हजार ३७६ जनाको मृत्यु भएको छ । यसैबीच ४९ हजार ४७६ जना निको भएर फर्किएका छन् । बेल्जियममा ४८ हजार ५१९ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ५९४ जनाको मृत्यु भएको छ ।

यसैबीच ११ हजार ५७६ जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ६३ हजार ९ कुल संक्रमित भएका छन् भने ६ हजार ६२३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २३ हजार ५ सय निको भएर फर्किएका छन् । इरानमा ९४ हजार ६४० कुल संक्रमित भएका छन् भने ६ हजार २८ जनाको मृत्यु भएको छ ।

यसैबीच ७५ हजार १०३ निको भएर फर्किएका छन् । ब्राजिलमा ८५ हजार ३८० जना संक्रमित भएका छन् भने ५ हजार ९०१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३५ हजार ९३५ जना ठिक भएका छन् । भारतमा ३४ हजार ८ सय ६३ संक्रमीत भएका छन् भने १ हजार १ सय ५४ को मृत्यु भएको छ । ९ सय ६८ निको भएका छन् ।