राजनीति

सरकार! लकडाउनको मौकामा भारतको सीमानामा पर्खाल लगा

शोभा रावत् / २४ बैशाख काठमाडौं । लकडाउन लागेको आज ४६ दिन भएको छ । आजसम्म मुलुकमा कोरोना संक्रमीत १०१ जना पुगीसकेका छन्। नेपालमा कोरोना नियन्त्रणका लागि गत चैत्र महिना ११ गतेदेखी लकडाउन जारी छ । यतिबेला मुलुकमा शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायात, होटल लगायत अतिआवश्यकीय बाहेक सबै ठप्प छन् । शुक्रबारबाट ४० भन्दा बढी क्षेत्र खोल्ने बताएपनि लकडाउनका कारण सहज रुपमा खुल्ने सम्भावना देखिन्न ।

नेपालमा कोरानाबाट उपचारपछि निको हुनेको संख्या २२ पुगेको छ, केही संक्रमीतहरु निको भएर फर्किने क्रममा छन् भने केही निको भएपछि पनि संक्रमणको चपेटामा छन् । निको भएपछि पनि पुन संक्रमण हुने घटनमाले संक्रमीतहरुमा झनै डर पैदा भएको पनि छ । निको भईसकेर पनि फेरी संक्रमण देखिँदा घरमा गई ढुक्कसंग बस्ने अबस्था छैन । यस्तै उदयपुरमा धेरै संक्रमीत फेला परेको केही दिनमा प्रदेश नम्बर ५ मा पर्ने नेपालगंजमा २३ जनामा कोरोना संक्रमण फेला पर्यो । नेपालगञ्जमा एकैपल्ट त्यति ठुलो संख्यामा संक्रमीत फेला परेपछि सिंगो देशवासीलाई नै त्रसित पार्यो । शान्त रहेको प्रदेश नम्बर ५ को नेपालगंजमा २३ जनाका कोरोना संक्रमण भेटिएपछि एक्कासी अत्तालियो । नेपालगंजपछि बिहीबार पनि दुईजना कोरोना संक्रमीत फेला परेका छन् ।

संक्रमण बढ्दै गएपछि नेपालगंजमा कफ्यू लागेको छ भने कार्णाली प्रदेश शील गरिएको छ । अझै पनि सो क्षेत्रमा धेरैमा संक्रमण भएको हुनसक्ने आंकलन गरिएको छ गर्दै स्वाव संकलन, कन्ट्याक टे«ेसिङको कामलाई पनि तिब्रता दिईरहेको बताईएको छ । संक्रमीतको सम्पर्कमा आएकाहरुको पहिचान गरी परिक्षण गरिरहेको छ भने संक्रमीत भेटिएको वडालाई पुरै शील गरिएको छ । नेपालगञ्जमा एकैपटक यतिठुलो संख्यामा संक्रमीत देखिनुले सरकारले अन्य ठाउँमा पनि परिक्षणलाई तिब्रता दियो भने संक्रमीत ह्वातै बढ्छन् कि भन्ने प्रश्न उब्जिएको छ । सरकारले परीक्षणको दायरालाई नबढाएकाले संक्रमीतहरु सार्वजनिक नभएका हुन् भन्ने सर्बसाधारणले शंका गरेका छन् । एकैपल्ट यति ठुलो संख्यामा कोरोना संक्रमीत फेला परेपछि सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । चैत्र ११ गतेदेखी जारी लकडाउनलाई आगामी जेठ ५ गतेसम्म पुर्याईएको छ ।

राजनीतिक लगायतका सबैले ओली सरकारले संक्रमण बढ्दै जाँदा लकडाउन लम्ब्याउने भन्दा केही उपलब्धीपुर्ण कार्य नै गर्न सकेको छैन भन्ने आरोपको उत्तर दिन सकेको छैन । मुलुकमा लकडाउन लगाउनु कोरोना नियन्त्रणमा धेरै सहयोगी सावित भएको छ तर लकडाउन मात्रै कोरोना नियन्त्रणको दबाई होईन । सरकारले लकडाउन संगै मास परीक्षणको दायरालाई तिब्रता दिनुपर्ने भएपनि त्यो गर्न सकेको छैन । परीक्षणको लागि कीट ल्याउन सकेको छैन, बिहीबर ३० हजार कीट आएपनि त्यसको सहि सदुपयोग हुनेमा शंका छ, डेढ महिना अगाडीबाट आईसोलेशनमा बसेका साँसदहरुले नै बजेटको पुर्ब सन्ध्या भन्दै स्वाव संकलन गरिरहेका छन् । जबकी कोरोना प्रभाबित क्षेत्रमा कीट अभावका कारण मास परीक्षण हुन नसकेको गुनासो आईरहेको छ । अस्पतालहरुमा कीटको अभाव भएको छ, जसका कारण कोरोना परीक्षण हुने अस्थाई कोरोना अस्पतालमा परिक्षण हुनै सकेको छैन । कतिपय अस्पताल बन्द गर्नु पर्ने अवस्थामा छन् । परीक्षणको दायरा न्युन गतिमा छ र औंषधि किटको अपर्याप्तताका कारण परीक्षणमा ढिलाई भईरहेको छ ।

कतिपय जिल्लाहरुमा क्वारेन्टाईनमा रहेकाहरुलाई कोरोना परीक्षण बिनै घर र्फकाईएको भन्ने समाचारहरुपनि आएका छन् । जुन कार्य अत्यन्तै लापरबाही हो, जस्को पूर्ण जिम्मेवार स्वयम् सरकार हो । कीटको अभावले गर्दा संक्रमणको केही लक्षण नदेखिएको भन्दै व्यक्तिहरुलाई त्यसै घर फर्काई उनीहरुमा कोरोना संक्रमण भएमा गाउँ नै सखाप हुन सक्छ । कुनै व्यक्तिको अनुहार हेरेर कोरोना संक्रमण छैन भनी खुल्ला छोड्नु भनेको निकै लापरबाही हो उक्त व्यक्तिले आफ्नो परिवार, समाज हुँदै सिंगो देशका नागरिकमा कोरोना फैलाउने खतरा उत्पन्न भएको छ । यतिमात्रै होईन आज कयौं जिल्लाहरुमा राहत नपाएको भन्दै नागरिकहरु विरोधमा उत्रिएका छन् । लकडाउनसंगै कमजोर आयस्तर भएका नागरिकका लागि पनि उचित राहतको व्यवस्थापन मिलाउन जरुरी छ । कतिपय स्थानीय सरकार व जो कसैले राहतको नाममा कुहिएको चामल, दालहरु वितरण गर्नु निकै गलत हो । त्यस्ता समाचार पनि दिनहुँ आईरहेका छन् ।

भारतबाट विभिन्न नाकाहुँदै लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । कयौं व्यक्ति लुकेर नेपाल प्रवेश गरी क्वारेन्टाईनमा नगई घरपरिवार र अन्य व्यत्तिको सम्पर्कमा पुगेका छन् । सीमा क्षेत्रमा सरकार अझै सचेत र सतर्क बन्न जरुरी छ । हरेक नाकाहरुमा सुरक्षाकर्मी खटएर कडाई गर्नु पर्दछ । अझ भन्ने हो भने भारतको खुला सीमानामा स्थायी वाल लगाउने समय पनि हो हो । सक्ने भए सरकारले भारतीय उच्च तहसँग छलफल गरे उपर्युक्त हुन्छ । भारतका विभिन्न सीमा नाकामा महिनौ देखी अलपत्र नेपालीको उद्वारमा पनि ध्यान दिन जरुरी छ । अलपत्र नेपालीको उद्वार गरी क्वारेन्टाईनमा राखेर कोरोना परिक्षण गर्न आवस्यक छ ।

साथै थोरै मात्रामा कोरोना परिक्षण गरेर नेपालमा संक्रमणको अवस्था त्यति जटिल छैन भन्ने सरकारी गलत अनुमानका कारणले पनि कोरोनाले मुलुकमा बिकराल रुप लियो भने झनै अप्ठेरो हुने छ । कतै सबैको नजरमा संक्रमीतहरु छुटेर खुल्ला रुपमा हिँडेका त छैनन् भन्ने प्रश्न आएको छ सरकारले परीक्षणलाई तिब्रता दियो भने संक्रमीत सम्म पुग्न सकिने थियो होला । कोरोना उपचारमा तीन अर्ब भन्दा बढी खर्च भएको बताउने सरकारले हालसम्म दुई लाख लाख व्यक्तिमा समेत कोरोना परीक्षण गर्न सकिरहेको छैन । आरडीटी टेष्ट को खासै महत्व नभएपनि महत्व भएको पीसिआर टेष्टतिर सरकारले ध्यान दिन सकेको छैन ।

कोरोनाले नेपालमा बिकराल रुप लिँदै गर्दा ओली सरकार भने पार्टीकै आन्तरिक विवादमै रुमलिएको छ । सत्ता जोगाउन र पार्टीमा बलियो रहनका लागि राजनीति गर्नमै व्यस्त छ । ओली सरकार एक पछि अर्काे विधेयक ल्याउँदै आलोचित बनि आफुलाई बचाउन मै व्यस्त देखिएको छ । अहिलेको यो विषम परिस्थीतिमा कोरोना नियन्त्रण भन्दा अरु कुनै कुरा ठुलो होईन । बिकराल परिस्थीतिबाट मुलुक र जनतालाई कोरोना मुक्त गराउनै मा सरकारले ध्यान लगाउनुपर्ने भएपनि सरकारको ध्यान त्यतातिर देखिदैन । स्वदेशमामात्र होईन बिदेशीएका कयौं नेपाली पनि आज जगरिबाट निकालिएर बेरोजगार बन्न पुगेका छन् । यो विषयमा सरकारले गम्भिर भएर सोचेको देखिन्न ।

चीनको बुहान सहरबाट फैलिएको कोरोना माहामारी ४ महिना भन्दा बढी भईसक्दा समेत नियन्त्रण भन्दा बाहिर नै छ । अमेरिकामा ७५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाले बिश्व सबै देशहरुमा तनाव उत्पन्न भएको छ । विश्वपुरै ठप्प छ जसले गर्दा विश्वको अर्थतन्त्र नराम्रोसंग लथालिंग भएको छ । सबै कुराहरुलाई मध्यनजर गर्दै सरकारले मुलुकको अर्थतन्त्र उकास्ने रणनीति नल्याउने हो भने भविश्य अन्धकार छ । सरकारले सबै जनतालाई समेट्नेगरी आर्थिक राहत प्याकेज पनि ल्याएन । अर्थमन्त्रीले त ठाडै राहत प्याकेज ल्याउन सकिन्न भनेर भाषण नै गरे । सरकार जनताका लागि छ कि, केही नेता कार्यकर्तँका लदागिमात्र भन्ने प्रश्नचिन्ह खडा भएको छ । सरकारले जनताका लागि भएको जनताका अगाडी प्रमाणीत गर्न सक्नु सबैभन्दा सरकारको महत्वपूर्ण कार्य हो । कोरोना संक्रमणको सहि ब्यवस्थापन गरेमा आगामी निर्बाचनमा पनि सरकार घटक दललाई नेपाली जनताले जिताएर लानेछन् नत्र त्यसैबेला हिसाव गर्नेछन् ।