पु.समाचार

भारत/चीनद्वारा मिचिएको भूमी माग गर्दै गरेको राप्रपाको आन्दोलनमा दर्जनौं नेताहरु परे पक्राउ

२९ बैसाख, काठमाडौं । राप्रपाले कालापानी, लिपुलेक र लिम्पीयाधुरामा भारतको गतिबिधिका बिरुद्धमा गरेको आन्दोलनमा दर्जनौं नेताहरु पक्राउ परेका छन् ।

राप्रपाका युवा नेता राजेन्द्र बर्तौलाले बताए अनुसार सम्बद्ध युबा/विद्यार्थीद्वारा गरिएको बिरोध प्रदर्शनमा पक्राउ नेताहरुमा कुन्ती शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बमजगदिश राजभण्डारी, जनक फडेरा, सन्तोषि शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी, विशाल राउत लगायत रहेका छन् ।

आईतबार पनि बिभिन्न राजनीतिक दलका भातृसंस्थाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।