३० बैसाख, काठमाडौं । पर्सामा जम्मा ६४ कोरोना संक्रमीत मध्ये दुई जना पत्रकार भएको पुष्टी भएको छ । आज कोरोना पुष्टी भएका ३९ मध्ये दुईजना पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पुष्टी गरेका छन् ।
आज संक्रमीत भएका मध्ये अरु पत्रकार छन् वा त्यो पनि जानकारी लिने क्रममा भएको डा मदन उपाध्यायले बताए ।
१४ जना भने बिरगंज महानगरका रहेको उनले बताए । यस अघि २५ जना कोरोना स्रकमीत भेटिएको बिरगंजमा आजमात्र ३९ जना थपीएका थिए ।
आज संक्रमीत भएका सहित जम्मा १९१ जना संक्रमीत भएको स्वास्थ्य मन्त्रालयले जनाईसकेको छ ।





