पु.समाचार

थपीए २४ जना कोरोना संक्रमीत, जम्मा नेपालमा पुगे २४३ जना

३१ बैसाख काठमाडौं । आज पनि २४ जनामा कोरोना संक्रमण पुष्टी भएको समाचार छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ताका अनुसार रुपन्देहीका १२ जना, ८ जना कपिलबस्तु, ३ जना पर्सा अनि लवलपरासी १ गरी २४ जनालाई कोरोना संक्रमण देखिएको छ । आज बिहानमात्र दुई जना संक्रमीत पुष्टी भएपनि बेलुकी २४ जना थपीएका छन् ।

अब नेपालमा कोरोना संक्रमीतको संख्या २४३ पुगेको छ । पछिल्लो समयमा कोरोना संक्रमीतको संख्यामा तीब्र बृद्धि भईरहेका बेला कुनै स्थानीय तह, तथा ७७ वटै जिल्लाले लकडाउन कडा गरेका छन्। भने अन्तरजिल्ला आवागमन बन्द जस्तै बनाएका छन्।

। आज दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो । आज भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ सङ्क्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ सङ्क्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् ।

यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ सङ्क्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् । मङ्गलबार अहिलेसम्मकै धेरै सङ्ख्यामा ८३ मा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।