आर्थिक

एन आई सी एशिया लघुवित्तले ब्दिने ब्याज रकम जेष्ठ महिनामा प्रदान गर्ने

१ जेठ, काठमाडौं । यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत रकम र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्यहरुलाई लागू गरेको छ । साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशत को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम आषाढ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको यस संस्थाको खातामा जम्मा गरिनेबैकले जनाएको छ ।

साथै यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७७ बैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता बैंशाख महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र ग्राहक महानुभावहरुको खातामा जम्मा गरिने जानकारी गराएका छन् ।

नेपाल राष्ट्र बैंकल बैसाख १६ गते कोरोना भाईरस बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशत ले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा ३ प्रतिशत विन्दुले कम गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले मिति चैत्र मा निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । यस अघि राष्ट्र बैंकले चैत्र महिनामा कर्जा किस्ता प्रदान गर्ने ऋणीहरुलाई १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने निर्देशन भए बमोजिम र बैशाख महिनामा ऋणीले संस्था आफैले बुझाउनु पर्ने व्याज रकमको १० प्रतिशत प्रतिशत व्याज रकम र हर्जाना व्याज रकमको सतप्रतिसत छुट प्रदान गरीएको थियो । यस संस्थाले यस प्रतिशतको महामारीले ग्राहकहरुको आम्दानीमा परेको असर समेतलाई मध्यनजर राख्दै जेष्ठ महिनासम्मको सम्पुर्ण लेना रकम भुक्तानी गर्ने ऋणीहरुलाई कर्जाको साधारण व्याज रकमको १० प्रतिशत ले हुन आउने र हर्जाना व्याजको सतप्रतिशत रकम छुट प्रदान गर्ने व्यवस्थालाई जेष्ठ महिनाको लागि समेत निरन्तरता दिने व्यवस्था गरेको बैकले जानकारी गराएको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले रु. ४७ करोड ५५ लाख बरावरको प्राथमिक सर्वसाधारण शेयर निष्काशन निकट भविष्यमा जारी गर्ने बैकले व्यवस्था गरेको छ ।