७ जेठ काठमाडौं । काठमाडौं महानगरीय प्रहरी बृत कालीमाटीमा कार्यरत एकजना सई र जवानलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
उक्त पुष्टीसँगै कालाीमाटी प्रहरीबृतमा कार्यरत सबै २५० जना नै प्रहरीहरुलाई आईसोलेशनमा राखिएको छ । कालीमाटी बृत, महिला सेल, ट्राफिक कार्यालय, स्वीचाटारमा रहेको कार्यालय, बल्खु शील गरिएको छ ।
महानगरिय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतको बृतमा कोरोना संक्रमण भेटिएपछि सुरक्षाकर्मीबृतमा त्रास देखिएको छ ।
संक्रमीतलाई सशस्त्र प्रहरी अस्पताल बस्बुमा भर्ना गरिएको जनाईएको छ । चारदिन अडाी स्वाव संकलन गरिएका सई र जवानलाई कोरोना लागेको पुष्टी भएकापछि उपत्यकाका सुरक्षाकर्मी तनावमा परेका छन् ।





