स्वास्थ्य

कोरोनाका कारण तेस्रो ब्यक्तीको निधन भन्ने समाचार गलत– अस्पताल

७ जेठ, काठमाडौं । गुल्मीका ४१ बर्षिया पुरुषको कोरोना संक्रमणका कारण निधन भएके भन्ने समाचार गलत भएको अस्पतालले जनाएको छ ।

डाक्टरहरुले रेगुलर चेकअप गरिरहेको र भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले दाबी गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालले उनको बारेमा अन्तिम अपडेट पत्रकार सम्मेलन गरेर बताईने भन्दै निधन भएके समाचार गलत भएको स्पष्टगरेको छ । कोरोना भाईरसका कारण निधन हुने तेस्रो ब्यक्ती भन्दै समाचारमा आएकोले ध्यानाकर्षण भएको अस्पतालले बताएको छ । स्वास्थ्य मन्त्रालयले पनि तेस्रो कोरोना संक्रमीतको निधन भएको पुष्टी गरि नसकेको अवस्थामा मिडियामा आएको कुरालाई अस्पतालले खण्डन गरेको छ।

अस्पतालको विज्ञप्तीः