पु.समाचार

काँग्रेस नेता बस्नेतले दिए कोरोनाबाट मृत्यु हुने पहिलो महिलाको परिवारलाई एक लाख

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्बसंचारमन्त्री एबम् खेलकुद बिभाग संयोजक मोहन बहादुर बस्नेतले कोरोनाबाट निधनभएकी पन्धिुपाल्चौककी २९ बर्षीया महिलाकी आमालाई एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

नेता बस्नेतले सिन्धुाल्चौककी संक्रमीतको निधन भएलगत्तै ५० हजार सहयोग गर्ने बचन दिएअनुसार आफूले ५० हजार र पोखराकी पार्वती गुरुङ र माया गुरुङको तर्फबाट प्राप्त ५० हजार सहयोग गरेको दाबी गरेका छन् । निधन भएकी साबित्री तिमिल्सिना चालिलेको नवजात शिसुलाई १२ कक्षासम्म शिक्षा दिने र रोजगारी समेत ब्यवस्था गर्ने बचन पुरा गर्ने दोहोर्याउँदै मृतकका आफन्तलाई धुलिखेल अस्पतालमा नै गएर रकम हस्तान्तरण गरेका छन् ।

नेता बस्नेतले कोरोना माहामारीमा अग्रभागमा खटिनुहुने स्वास्थ्यकर्मीकोमनोबल बढाउन माग गर्दै सधैं सिनधुपाल्चौकबासीको नजिकमा रहेर दुःखसुख साट्ने बताउँदैआएका छन् । नवजात शिसु कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।