स्वास्थ्य

कोरोना संक्रमणमा यस्तो छ उमेर अनुसारको जोखिम

डा रवीन्द्र पाण्डे/ नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ । भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ । यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ । यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ । यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ ।

कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने तथा साबुनपानीले हात धोइरहने लगायतका सुरक्षाबिधि अपनाउनु आबश्यक छ । १–२ बर्ष हाम्रो जीवनशैली यसै गरेर अघिं बढ्नेछ ।

अमेरिका तथा हल्याण्डमा भएको उमेर अनुसारको मृत्युदर, अस्पताल बस्नुपर्ने प्रतिशत तथा आइसीयुमा बस्नुपर्ने प्रतिशत यस्तो छ ।

उमेर               मृत्युदर                       अस्पताल बस्नुपर्ने                          आइसीयु
०–२९                 -०.००३ प्रतिशत             – ०.२ प्रतिशत                         ०.०२ प्रतिशत
३०–३९              -०.००८ प्रतिशत              -०.२९ प्रतिशत                       ०.०६ प्रतिशत
४०–४९              – ०.०१७ प्रतिशत             -०.६९ प्रतिशत                       ०.१८ प्रतिशत
५०–५४             -०.०५८ प्रतिशत              -१.२८ प्रतिशत                        ०.३९ प्रतिशत
५५–५९             -०.१४५ प्रतिशत              -१.९८ प्रतिशत                        ०.६९ प्रतिशत
६०–६४              -०.२९० प्रतिशत              -२.७० प्रतिशत                        ०.९९ प्रतिशत
६५–६९              -०.७५७ प्रतिशत            -३.५२ प्रतिशत                        १.३७ प्रतिशत
७०–७४             – १.६६८प्रतिशत              -५.३० प्रतिशत                        १.८२ प्रतिशत
७५–७९             – ४.४३३ प्रतिशत            -८.१४ प्रतिशत                         १.७० प्रतिशत
८०–८५              – ७.८३६ प्रतिशत            ९.११ प्रतिशत                           ०.५० प्रतिशत

यदि तपाईं ५० बर्षभन्दा माथि हुनुहुन्छ भने बिशेष सतर्कता अपनाउनु जरुरी हुन्छ । यो उमेरभन्दा बढीका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, फोक्सोको समस्या, उच्च कोलेस्टेरोल, मोटोपना, भिटामिन डी को कमी, धुम्रपान, मेटाबोलिक सिन्ड्रोम लगायतको समस्या छ भने औषधिले रोग नियन्त्रणमा राख्ने, आबश्यक सप्लिमेन्ट खाने तथा चिकित्सकको निगरानीमा रहनु जरुरी छ ।

इम्युनिटी पावर बढाउनको लागि तथा जोखिमबाट बच्नको लागि यी सप्लिमेन्ट आजदेखि नियमित सेवन गर्नुहोला ।
– Vitamin D3 60K हप्ताको १ क्याप्सुल र गोली
– Vitamin C दिनको एक ट्याब्लेट खानापछि दैनिक चुस्ने
– Zinc DT 20mg दिनको १ गोली खानापछि खाने
– गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, अदुवा, मरिच मिसाएर बनाएको चिया दिनको २ पटक खाने ।
यी सप्लिमेन्ट सस्तो मुल्यमा औषधि पसलहरुमा उपलब्ध छन् । यी सप्लिमेन्ट संसारभर प्रयोग भइरहेका छन् । यी सप्लिमेन्ट सेवन गर्दा शरीरलाई बेफाइदा गर्दैन, निकै फाइदा हुन्छ ।

(डा पाण्डे जनस्वास्थ्यबिद हुन् ।)