१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले नयाँ नक्सालाई संविधानको अंग बनाउन संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई कुनै अलमल नगरी द्रुतगतिमा पारित गर्न आग्रह गरेका छन् ।
उनले यो भूमिमा हाम्रो सम्पूर्ण अधिकार स्थापित गराउने अबको अभियानमा पनि यसैगरी सबै दलहरू एकबद्द भएर लाग्ने संकल्प प्रस्ताव पनि संशोधन प्रस्ताव पारित गरेसँगै संसदबाट पारित गर्न सबै साँसदहरुलाई आग्रह गरेका छन् ।
उनी भन्छन्ः नयाँ नक्सालाई संविधानको अंग बनाउन संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई कुनै अलमल नगरी द्रुतगतिमा पारित गरौँ।यो भूमिमा हाम्रो सम्पूर्ण अधिकार स्थापित गराउने अबको अभियानमा पनि यसैगरी सबै दलहरू एकबद्द भएर लाग्ने संकल्प प्रस्ताव पनि संशोधन प्रस्ताव पारित गरेसँगै संसदबाट पारित गरौँ।






