अन्तर्राष्ट्रिय

कोरोना संक्रमण देखिन थालेपछि बेईजिङको केही क्षेत्रमा फेरी लकडाउन विस्तार

२ असार काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ। कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी संक्रमीत देखिएका छन् ।

पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको छ । केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड– १९ बाट सङ्क्रमित भएको फेला परेका थिए ।

संक्रमीत उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन । त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ ।स्थानीय सञ्चारमाध्महरूका अनुसार भाइरस विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा देखिएको पत्ता लागेको थियो ।

लगत्तै बेइजिङका सुपरमार्केटहरूले माछा बेच्न छाडे । अन्य केही अधिकारीसहित सिनफडी बजारका महाप्रबन्धकलाई पदबाट बर्खास्त गरिएको छ ।