पर्यटन/संस्कृति

हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता सम्पन्न

१६ असार, काठमाडौं। काठमाण्डौं स्थित हुवावे कम्पनीको कार्यालयमा जून २८, २०२० कादिन आयोजित एक हस्ताक्षर समारोहमा हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनीया बहुराष्ट्रिय प्रविधिकम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन् गरेका छन् ।

सूचना तथा संचार प्रविधिका उपज र समाधानका उपायहरुबाट अधिकत्तम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्व व्यापी रुपमा अग्रणी स्थानओगटेको हुवावेले हिमालय एअरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदानगर्ने एयरलाईन्सले जनाएको छ । हिमालय एअरलाइन्स्लाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापितगर्ने अवसर सृजनागर्दै ठोस परिणामहरु प्राप्तगर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिकहवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षागरिएको एयरलाईन्सको दाबी छ।

कार्यक्रममा भर्चुअलमाध्यममार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्गपिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशियाप्रशान्त क्षेत्रको अध्यक्षश्री झोउ डान्जीनको समुपस्थिति रहेको थियो । सम्झौतामाहिमालय एअरलायन्स्काअध्यक्षश्री झोउइन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरे ।

दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलरश्री झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) कानयाँचुनौती र परिस्थितिहरुलाई सामनागर्न यो सम्झौता वास्तवमै सक्रियकदम रहेको भनाई व्यतm गरे । उनले यीदुई कम्पनीहरुका साथसाथै नेपालमा चिनीयाँ लगानी रहेकाअन्यकम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडी र अधिक नवीनतम विधिहरु अपनाउदै महामारी अवधि पश्चात उपयुतm व्यावसायिक प्रारुपहरु सृजनागर्न तथा यसबाट नेपाल र चीनबीचको बी.आर.आई सहकार्यमा समेत सार्थक योगदानहुने आशागर्न सकिने अपेक्षा गरे ।

आफ्नो मन्तव्य राख्ने क्रममातिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उप निर्देशक वाङ्गपिङ्गले तिब्बत क्षेत्रकालागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापनागर्न हिमालय एअरलाइन्स्ले योगदान पु¥याएको स्पष्ट पारे । उनले हुवावेको उन्नत सूचना प्रणालीको मद्दतद्धारा हिमालयले उत्कृष्ट व्यवस्थापन तथा संचालन, वीन( वीनविकास प्राप्तगर्ने पनिआशा व्यतm गरे । साथै, तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने बाचा गरे ।

समारोहमा आफ्नो मन्तव्य राख्दै हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभवअनुकूलबनाउने कार्यलाई तीव्र गतिदिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गरे । सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमाद्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिकालागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेश्रो पक्ष सहकार्यकालागि स्वागत गरे।

हिमालय एअरलाइन्स्को उड्डयन क्षेत्रको अनुभवलाई आत्मसातगर्र्दै यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्स्को डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्विगर्न सकिने व्यहोरा हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशियाप्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले राखे ।

आपसीलाभ र साझाविकास प्राप्तगर्ने उद्देश्यका साथहिमालय र हुवावेले आइ.सी.टी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछ । यसमा विद्यमानआइ.सी.टी प्रविधिउपकरणहरुको मर्मत, व्यवसायइन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्रितथावित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतकाकार्यहरु पर्नेछन् । भविष्यमा हिमालय एअरलाइन्स्, हुवावे र अन्य तेश्रो पक्षहरुसँग यात्रु र कार्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरुका लागि तत्पर रहने एयरलाईन्सले बताएको छ ।