राजनीति

गगनको ओलीलाई चेतावनीः संसदलाई छलेर कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्

१८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् साासद गगन कुमार थापाले संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस् भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य भएको बिषयलाई जोडेर प्रतिकृया दिँदै ‘विनासकाले विपरित वुद्धि!’को संज्ञा दिएका छन् । संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन्, कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता भएपनि पार्टीभित्रको किचलोको अचानोमा संसद परेको नेता थापाको टिप्पणी छ ।

आज संसद अधिवेशन अन्त्यकोलागि सरकारले सिफारिस गरेको केहीबेरमा नै संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वीकृति गरेकी छन् । संसद अधिवेशन अन्त्य भएको सभामुख अग्नी साप्कोटालाई समेत जानकारी नभएको समाचार छ । यसै बिषयमा नेता थापाले टिप्पणी गरेका हुन् ।

उनको भनाईः संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन्, कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन्।
पार्टीभित्रको किचलोको अचानोमा संसद!

संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।