पु.समाचार

नेकपा अध्यक्ष दहाल, नेताहरु नेपाल र खनालको दौडधुप तीब्र, ओलीसँग वारकि पारको छलफल बालुवाटारमा

२१ असार, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति भवन शीतलनिवासबाट फर्किपछि वालुवाटारमा प्रधानमन्त्री केपी ओलीसंग अन्तिम वार्तामा व्यस्त भएका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा मागेका उनीहरुले पधानमन्त्रीले पार्टीको निर्देशन नमान्नसक्ने आँकलनसहित राजनीतिक भेटघाटमा तीब्र व्यस्त भएका देखिन्छन् ।

अध्यक्ष दहाललाई अढाई बर्ष प्रधानमन्त्री बन्न दिने सहमती अनुसार पार्टी एकीकरण गर्दै केपी  ओलीलाई प्रधानमन्त्री बनाएका नेकपा अध्यक्ष दहालले भनेको प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका छैनन् । नेकपा नेतृत्वमा दिनदिनै धु्रविकरण बढ्दैछ नेताहरुबीच दूरी बढ्दैछ ।

नेकपा फुटको अन्तिम चरणमा पुगेको भएपनि फुटिहालेको भने छैन भन्ने बिश्लेषण सर्बसाधारणले गर्न थालेका छन् । आजको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष दहालले एक्लै नभेटेर साक्षी समेत राख्ने कुरा भएके बताईएको छ ।