राजनीति

उदय जंगीएः सत्ता जोगाउन खुलेआम विदेशी हस्तक्षेपलाई निम्तो किन प्रधानमन्त्रीज्यु?

२५ असार, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता उदय शम्सेर राणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीज्यू यो के को तमासा हो ? भन्दै आक्रोश पोखेका छन् । उनले कोरोनाका बेला जनताको स्वास्थ्यको ख्याल गर्नु त कता, आफूनिकट कार्यकर्तालाई सडकमा हुलहुज्जत गराएर नाराबाजी केका लागि? भन्दै प्रश्न तेस्र्याएका छन् ।

नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्षसमेत रहेका नेता राणाले अनि आफ्नै दलका नेताहरुलाई विदेशी दलाल करार गर्ने तर सत्ता जोगाउन खुलेआम विदेशी हस्तक्षेपलाई निम्तो किन प्रधानमन्त्रीज्यु? भन्दै नेकपाका अध्यक्षसमेत रहेका सरकारको नेतृत्व गर्ने ओलीप्रति कडा प्रहार गरेका छन् ।

दैनिक रुपमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालसंग पार्टीलाई एकीकरण गरेर पावर सेयरिगं गर्न बैठक बसेपनि नेकपाका दुई अध्यक्षबिच कुरा मिल्न सकेको छैन । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समर्थकहरुलाई सडकमा उतारेर आफ्नो समर्थनमा आन्दोलनमा उतार्न थालेको घटनाले प्रधानमन्त्ती ओली आलोचित हुन थालेका छन् । यसैबीच युवा नेता राणाको प्रतिकृया आएको हो ।

नेता राणाले चीनीया राजदूतलाई सकृय गराएर सरकार टिकाउन विदेशी हस्तक्षेपका लागि लागेको पनि आक्रोश पोखेका छन् ।