उर्जा

उद्योगपति आचार्य बने ईपानको अध्यक्ष, उर्जाक्षेत्रले महत्वपूर्ण उपलब्धि हाँशिल गर्ने अनुमान

०१ साउन, काठमाडौं । ईपानको अध्यक्षमा कृष्ण प्रसाद आचार्य सर्बसम्मत निर्बाचित भएका छन् । आईतबार सम्पन्न साधारण सभाबाट बिन्ध्यबासिनि हाईड्रो पावर कम्पनी, १५५ मेगावाटको धुन्साखोला हाईड्रो, ४८.८ मेगावाटको खिम्ती–२, २० मेगावाटको लाम्टागंखोला लगायतका हाईड्रोपावरका संस्थापक अध्यक्ष हुन् ।
०६२ ६३ सालपछिको राजनीतिक परिवर्तनपछि साँसदसमेतरहेका आचार्यको अध्यक्षतामा गठीत समितिको उपाध्यक्षमा आशिष गर्ग, गाणेश कार्की र मोहन डाँगी निर्बाचित भएका छन् भने महासचिवमा गौरे शेर्पा रहेका छन् । त्यस्तै सचिवमा राम आचार्य, भरत खत्री, बलराम खतिवडा अनि कोषाध्यक्षमा आनन्द चौधरी निर्बाचित भएको जनाईएको छ ।
यस्तै निर्बाचित हुने सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने, उत्तम ब्लोन, महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल रहेका छन् । १६ जना सदयस्यीय समितिमा २ जना पछि मनोनयन गने जनाईएको छ । उद्योगपति तथा समाजसेवी ईपानका नबनिर्बाचित आचार्यको कार्यकालमा उर्जाक्षेत्रको सुधारका लागि महत्वपूर्ण हुने उर्जाक्षेत्रका विज्ञहरुको अनुमान छ ।