१ भदौ, काठमाडौं । कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएसंगै लोडसेडिङमा सुधार गर्नुका साथै नेपाल विद्युत प्राधिकरणलाई भारी नाफा समेद दिलाएका छन् ।
दैनिक कयौं घण्टा लोडसेडिङको अन्धकारबाट नागरिकलाई बाहिर निकालेका निर्देशक घिसिङले प्राधिकरणलाई ११ अर्ब नाफा दिलाएका छन् । नेपाल बिद्युत प्रािधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चीत नाफा कमाएको थियो ।
३५ औं वार्षिक उत्सवको अवसरकार सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार प्राधिकरणले अब संचित नाफामा पनि गएको छ । साथै प्रणालीमा रहेको विद्युत चुहावट १५. २७ प्रतिशतमा झरेको छ । साथै प्रािधिकरणलाई आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आर्थिक वर्ष २०७५र०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो ।
घिसिङको कार्यकालमा दुई वर्ष वर्षदेखी प्राधिकरण सबैभन्दा धेरै नाफा कमाउने संस्थामा समेत गएको छ । यतिमात्रै होईन विद्युत आयात घटि नेपालमबाट अन्य मुलुकमा निर्यात बढेको छ । नेपालको विद्युत छिमेकी मुलुक भारततर्फ निर्यात बढेको छ । गत आर्थिक वर्ष प्रणालीमा उपलब्ध ७ अर्व ७४ करोड युनिट उर्जामध्यबाट २२ दशमलब ३४ प्रतिशत आयात भएको छ ।
साथै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समय र परिस्थितको माग अनुसार संगठन संरचनालाई पुर्नसंरचना गर्दै आफ्नो व्यवसायलाई अँझै प्रभावकारी र सेवामुलक बनाउन कटिवद्ध रहेको बताएका छन् । उनले नियमित, भरपर्दाे रगुणस्तरीय सेवा उपलब्ध गराउन अहोरात्र खड्ने प्रतिबद्धता व्यक्त गर्दै उज्यालो नेपालको संवाहकका रुपमा निरन्तर खटिरहने बताएका छन् ।





