पु.समाचार

आज १२ सय ४६ जना कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

२५ भदौ, काठमाण्डौ । आज पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

यसै गरी आज मात्र एक हजार ८ सय १८ कोरोना मुक्त भई घर फर्किएका छन् । नेपालमा अहिले सम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएका छन् । त्यसै गरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ । २४ घण्टामा जम्मा  ११ हजार १४४ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले आजको प्रेस कार्यक्रममा पुष्टी गरेका छन् ।