३ असोज, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देश्क कुलमान घिसिङले विश्वब्यापि रूपमा फैलीएकोे कोभिद–१९ का कारण नेपालमा पनि अत्रान्ता भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गरेका छन् । शुक्रबार कुलमानलाई नियुक्ती दिन माग गर्दै माईतीघर मण्डलामा स्वतस्फुर्त निक्लिएको प्रदर्शनमा प्रहरीले गरेको लाठी चार्जबाट एकजनाको रगताम्य हुनेगरी टाउको लगायतमा चोट लागेको थियो भने अन्य कतिपय घाईते भएको समाचार आएको थियो ।
घिसिङले नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे बताउँदै आन्दोलन नगर्न आग्रह गरेका हुन् । उनले भावुक हुँदै आन्दोलन गर्नेहरुलाई आग्रह गरेका छन् ।
कुलमानले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भनेका छन्, ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’
कुलमानको स्टाटस्ः नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ । विश्वब्यापि रूपमा फैलीएकोे कोभिद–१९ का कारण नेपालमा पनि अत्रान्ता भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु ।






