पु.समाचार

२४ घण्टामा देशभर ४३ सय ९२ जना थपिए संक्रमित, ३५ सय २२ जना भए निको

३० असोज, काठमाडौं । आज ४३९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३५ सय २२ जना कोरोना जितेर डिस्चार्ज भएक छन् । सकृय संक्रमितहरु ३७ हजार ३८२ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । हालसम्म एक लाख २६ हजार १३७ जना जना संक्रमित पुगेका छन् । आजमात्र १६ हजार ५३१ जनामा पीसीआर परीक्षण गरिएको थियो । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको परीक्षण गरिसकिएको छ ।