३० असोज, काठमाडौं । कोरोना संक्रमणबाट आज २१ जनाको निधन भएको छ, यसपछि आजसम्म कोरोनाबाट निधन हुनेको संखया नेपालमा ७१५ जना पुगेको छ । आज ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३५ सय २२ जना कोरोना जितेर डिस्चार्ज भएक छन् । सकृय संक्रमितहरु ३७ हजार ३८२ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । हालसम्म एक लाख २६ हजार १३७ जना जना संक्रमित पुगेका छन् । आजमात्र १६ हजार ५३१ जनामा पीसीआर परीक्षण गरिएको थियो । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको परीक्षण गरिसकिएको छ ।





