३ कात्तिक, काठमाडौं । आजमात्र कोरोनाबाट १८ जनाको निधन भएको छ । आजपछि देशभर कोरोनाबाट निधन हुनेको संख्या ७५७ जना पुगेको छ । आज काठमाडौंमा २००८ जना, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना गरी काठमाडौं उपत्यकामा २३८८ जना संक्रमितहरु पुष्टी भएका छन् । ६९.५ प्रतिशत कोारेना निको हुने दर आजको रेकर्डमा छ । आज जनालाई देशभर ३७९० कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २३ सय ३५ जना देशभर कोारेना निको भई फर्किएका छन् । सकृय संक्रमितहरु ४० हजार ७७८ जना छन् ।





