आर्थिक

एनआई सी एशिया लघुवित्त वित्तीयले अग्रवाललाई गर्यो संस्थाको संचालकमा नियुक्त

५ कार्तिक, काठमाडौं । एनआई सी एशिया लघुवित्त वित्तीयले विभोर कुमार अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको छ । संचालक विभोर कुमार अग्रवालले २०७७ कार्तिक ४ गते कम्पनीका अध्यक्षश्री कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरेका हुन् ।

नयाँ संचालक विभोर कुमार अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको छ । त्यसैगरि कार्तिक ४ गते बाट लक्ष्मण चालिसेलाई संस्थाको प्रमुखकार्यकारी अधिकृतको रुपम नियुक्त गरेको छ ।
चालिस ेविगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत रहेका थिए ।

१६ अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे मिति २०६५ साल चैत ३ माएनआई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमाकार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमाकार्य गरी आएका थिए । लक्ष्मण चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । लक्ष्मण चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमाउच्च स्थान हासिल गर्न सफल भएको जनाएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १ सय ५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

साथी संगै सवलबन्दै भन्ने मुलनाराका साथउत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशि करणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथावित्तीय संस्थाहरुको उपस्थित न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।