६ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले स्पष्टिकरण दिएको छ ।
प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ति जारि गरि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर आएको समचारमा सत्य नभएको जनाएको हो ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारि गरेको विज्ञप्तिमा केही अनलाइनमा आएका समाचारले भ्रम छरेको जनाउँदै उक्त समाचारप्रति गम्भिर ध्यानाकर्शण भएको जनाएका छन् ।
प्रचण्डबारे केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यस्तै जुगलले संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील समेत गरेका छन् ।






