राजनीति

बिदेशमा बस्ने सबै बिद्यार्थीलाइ सुरक्षा प्रदान गर्न नेविसंघको ओली सरकारसँग माग

१४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले भारतको देहरादुनमा भएको नेपाली बिद्यार्थीमाथीको अभद्र ब्यवहारको कडा शब्दमा बिरोध गरेका छन् । अध्यक्ष ढुंगानाले बिज्ञप्ती जारी गर्दै देहरादुन घटनाका घाइते नेपाली विद्यार्थीहरु को निःशुल्क उपचार तथा उद्धार को ब्यवस्था गर, घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न आवस्यक कुटनितिक पहल गर, स्वदेश तथा विदेशमा अध्ययन गर्ने विद्यार्थी हरुलाई सवै किसिमको सुरक्षा प्रदान गर भन्ने लगायतका मागहरु नेपाल सरकारसँग गरेका छन् ।
अध्यक्ष ढुंगानाले बिज्ञीतीमा भनेका छन्, ‘भारतको देहरादुनको भगवान्तपुर पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना नेपाली विद्यार्थी साथीहरु माथि यही कार्तिक १० गते भएको निर्घात कुटपिटप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनामा घाईते भएका विद्यार्थी साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण घाईते विद्यार्थी हरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ ।
अहिलेको विश्वव्यापिकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु आधारभूत मानव अधिकारको विषय हो । मानव अधिकारको यो आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्छ । कुनै पनि व्यक्तिालई मानव अधिकारबाट बञ्चित गर्ने अधिकार कुनै पनि देशको सरकारलाई छैन । तसर्थ, सो घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कडाभन्दाकडा कारवाही गर्नका लागि तदारुकताका साथ पहल गर्न नेपाल सरकार लाई र सो को लागि आवस्यक तत्परता गेखाउन भारत सरकारसँग नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ । साथै पीडित विद्यार्थी साथीहरुलाई तत्काल उद्दार गर्न समेत नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।
देश भित्र होस वा देश बाहिर अध्ययन गरेर वसेका सम्पूर्ण नेपाली विद्यार्थी साथीहरुको हकहितको पक्षमा ने।वि।संघ सॅधै दृढताका साथ उभिन्छ। विद्यार्थी साथीहरुमाथि हुने कुनै प्रकारको अभद्र व्यवहार नेपाल विद्यार्थी संघ लाई कुनै हालतमा पनि सह्य छैन। आफ्नो एवं देशको भविष्य सुनौलो बनाउने सपनाका साथ स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थी साथीहरुको सबै किसिमको सुरक्षा प्रदान गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।
जय नेपाल !!!’