राजनीति

नेकपा/काँग्रेसका कारण नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो

१४ कात्तिक, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेकपा र प्रतिपक्षी दल काँग्रेसका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । अध्यक्ष थापाले ट्वटी गर्दै देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं भन्दै नेपाली जनतालाई आग्रहसमेत गरेका छन् । उनले भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार भएपनि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाको ट्वीटः भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो। तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ। देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं