१६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पुर्व उपप्रधानमन्त्री सुजता कोईरालाले आफू १४ औं माहाधिवेशनमा सभापतिको शसक्त उम्मेद्वार भएको बताएकी छन् । नेपाली काँग्रेसका शक्तीसाली पुर्व सभापति स्व.गिरिजाप्रसाद कोईरालाकी पुत्रीसमेत रहेकी नेतृ कोईरालाले काँग्रेसभित्र भएका बिकृति बिसंगतीहरु हटाउन पनि आफूले सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको बताएकी छिन् ।
रिपोर्टर्स क्लवसंग बोल्दै नेतृ कोईरालाले पार्टीमा इमान्दार र पुराना अनि क्षमतावान कार्यकर्ताको मुल्याँकन हुने परिपाटी नबसेको भन्दै आफुले सबैलाई समेटेर सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको दाबी गरिन् । उनले काँग्रेसका भबिश्व भएका युवाहरुलाई समेटेर आफूले समूह बनाउने दाबी गरिन् । नेतृ कोईरालाले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला, शुसील कोईराला लगायतका नेताहरुले काँग्रेसलाई दिएको योगदान बिषन नहुने भन्दै उनीहरुको भावनाको कदर गर्ने काँँग्रेसको रुपमा स्थापीत गर्न आफ्नो नेतृत्व सवल हुने बताईन् । काँग्रेस माहामन्त्री डा शसाँक कोईराला, केन्द्रीय सदस्य डा शेखर कोईरालाले कोईराला परिवारबाट सभापतिको आकाँक्षा राखिराख्दा कोईराला परिवारकै अर्की प्रभावशाली नेतृ सुजाताको सभापतिमा उम्मेद्वारी दिने घोषणा आउनु काँग्रेस राजनीतिमा नयाँ बहस सुरु भएको देखिएको छ । गिरजाप्रसाद सभापति हुँदा काँग्रेसको बिदेश बिभाग प्रमुखसमेत रहीकी कोईरालाले नेपाललाई कम्यु्निष्ट सरकारले अधिनायकबादतर्फ ढाल्ने प्रयास गरेपनि त्यो असफल हुने जिकिर समेत गरेकी छन् । सभापति शेरबहादुर देउवापछि काँग्रेसमा सभापतिका आकाँक्षीहरु दर्जनभन्द्या बढी भएका छन् । आउनै लागेको काँग्रेसको १४ महाधिवेशन यसअघिका १३ वटाभन्दा बढी महत्वपूर्ण हुने अनुमान राजनीतिक बृतमा लगाईएको छ ।





