अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिय निर्वाचन आजः ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान

१८ कार्तिक, एजेन्सी । अमेरिकामा आउँदो ४ वर्षे कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । स्थानीय समयअनुसार नोभेम्बर ३ मा हुने निर्वाचनका लागि राष्ट्रपतिका उम्मेद्वारद्वय डोनाल्ड ट्रम्प र जोय बाइडेनले चुनावी अभियान टुंग्याएका छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न दुई उम्मेद्वार कोभिड १९ महामारीकाबीच चुनावी मैदानमा अन्तिम समयसम्म खटेका थिए । दोस्रो कार्यकालका लागि राष्ट्रपति ट्रम्प सोमवार साँझ नर्थ क्यारोरिना पुगेका थिए ।

यता बाइडेन भने ओहायोको क्लिभ्ल्यान्ड पुगेर ट्रम्पको खरो आलोचनामा उत्रिएका थिए । कोरोना महामारीले मानिसहरुको मृत्यु भइरहेको बेला ट्रम्पले सावधानी नअपनाएको बाइडेनको आरोप छ ।

अमेरिकी राष्ट्रपतिको मतदानको दिन नोभेम्बर ३ भए पनि अर्ली भोटिङ र हुलाकबाट मत पठाउने सुविधा पनि भएकोले अहिले धेरैले यही प्रक्रियामार्फत मतदान गरिसकेका छन् । ट्रम्पले गत शनिवार नै फ्लोरिडा पुगेर मतदान गरिसकेका छन् ।

मतगणना परिणाम बिना यसबारे यकिन भन्न नसकिएपनि विभिन्न सर्भेक्षणहरुले दुईमध्ये कसले बाजी मार्ला भन्ने विषयमा अनुमान गरेका छन् । रिपब्लिकन पार्टीका उम्मेद्वार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय जातीयदेखि आर्थिक कारणले नीतिमा कमजोर बन्दै गएको बताइएको छ ।

बीबीसीले जनाए अनुसार अमेरिकी जनताले डेमोक्रेटिक पार्टीका नोमिनी रहेको जोइ बाइडेन यसपटक बलिया उम्मेद्वारीका रुपमा हेरिएको छ । बाराक ओबामा राष्ट्रपति छँदा उपराष्ट्रपति रहेका बाइडेन सन् १९७० देखि अमेरिकी राजनीतिमा रहेका व्यक्ति हुन् ।

बीबीसीका अनुसार एक सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेनको पक्षमा धेरै मत खस्ने देखिन्छ । ५१ प्रतिशत मत पाउने एक उम्मेद्वार आगामी कार्यकालका लागि राष्ट्रपतिमा चुनिनेछन । हुन त सन् २०१६ को यस्तै सर्भेक्षणमा हिलारी क्लिन्टन अग्रस्थानमा देखिएकी थिइन् । तर, परिणाम ट्रम्पको पक्षमा प¥यो । इलेक्ट्रिकल कलेज सिस्टमले गरेको मत सर्भेक्षणमा बाइडेनले ५१ प्रतिशत र ट्रम्पले ४२ प्रतिशत मत पाएका छन ।