९ असार, काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो। एमालेले पौडेलको गिरफ्तारीलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएको छ।
‘पक्राउ गैरन्यायिक भएको हाम्रो निष्कर्ष हो र उहाँलाई तत्काल रिहाइ गर्न माग गर्छौं,’ एमाले स्रोतले जनाएको छ।
पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो र अहिले उनलाई म्याद थपका लागि विशेष अदालतमा लगिएको छ।





