१८ कार्तिक, धरान । आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्ष देखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् । हुनत् अढाई दशक अघिदेखिनै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए ।
तर आफुलाई चित्त नबुझेपछि दर्शक (श्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भबिष्य नदेखेर हो आफुलाई आफ्नै संसारमा भुलाएर एक्काशी देखापरेका थिए तिम्रो प्रतिक्षा एल्बमका साथ् आफ्नो खारिएको आवाजका साथः हिउँदोको घाम जस्तै बोलको उक्त एल्बम को गीतले राम्रै चर्चा बटुल्यो ।
पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत स्टारका रुपमा उदाए । अहिले आएर उनले नयाँ गीत म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल ज्ञान सुब्बा मार्फत सार्वजनिक गरेका छन् । ओ ब्यस्त जीवन एकै छिन् पर्खि बोल रहेको गीत रबिन बान्तवा खावोहंग राईको शब्द (संगीतमा उनले आफ्नो मधुर आवाजले गीतमा पूराका पुरा न्याय गरेर गाएका छन् ।
कर्मथलोको रुपमा हंगकंगमा बसोबास गर्ने गायक ज्ञान सुब्बा र गीतकार र संगीतकार रबिन बान्तवा खावोहंग राईको आफ्नै ब्यस्त जीवनलाई गीत (संगीत मार्फत उजागर गरेको अनुभव यसका प्रत्येक शब्दहरुले बताउंछ । म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले सुन्दर गीतलाई निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन् । नायिका छुल्ठिम गुरुङ्ग, बालकलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंको अभिनय दमदार छ । गीत संगै भिडियोले पनि सबैको मन छुनेछ ।
समग्रमा सम्पूर्ण रुपमा एउटा आफ्नै कथा हेरिरहेकोर सुनिरहेको पाउनुहुनेछ अधिकांश दर्शक ( श्रोताहरुले । भावना रेकर्डिङ्ग स्टुडियो धरानमा रेकर्ड गरिएको तथा गोपाल रसाइलीको संगीत संयोजन र मिन बिस्ट को मिक्सिङ्ग तथा बुद्ध थापाको छायांकन , सुशील न्यौपानेको सम्पादन उक्त भिडियोमा रहेको छ ।
गितको भिडियोः





