२३ कात्तिक, काठमाडौं । नेकपाले अध्यक्ष केपी शर्मा ओली समूहका नेता कार्यकर्ताको काठमाडौंमा भेला भएको छ । शनिबार भएको उक्त भेलामा उपप्रधानमन्त्री एबम् प्रधानमन्त्री ओली निकट मानिएका इश्वर पोख्रेलले सम्बोधन गरेका थिए । उपप्रधानमन्त्री पोख्रेललेसमबोधन गरेको उक्त काठमाडौंको भेलामा पुर्व माओबादीका कुनैपनि नेता कार्यकर्तालाई नबोलाई पुर्व एमाललाईमात्र बोलाईएको बताईएको छ ।
पुर्व एमालेलाई बोलाईएको भनिएको भएपनि माधव नेपाल समूहका नेताहरु उपस्थित नरहेको दाबी गरिएको छ । काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको संयोजकत्वमा गरिएको भेलाले नेकपामा भएको ओली दहालको बिबाद झनै सतहमा ल्याउने काम गरेको बिश्लेषण नेकपा नेताहरुले गरेका छन् ।
शनिबार नै नेकपा अध्यक्षसमेतरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक डाक्न दबाब दिन गएका अध्यक्ष दहालसहितका नेताहरु बालुवाटारबाट बैठक बोलाउन सहमती गर्न नसकी फर्किएका बेला गरिएको भेलाले ओली इतर पक्षलाई पेल्ने रणनीति बनाउन केन्द्रीत भएको बुझिन्छ।
भेलामा उपप्रधानमन्त्री पोख्रलले सम्बोधनगर्दै, ‘म कहिल्यै पनि संस्थापन खोज्दै जान्न । एउटा संयोग के हो भने म जहाँ उभिएको छु, त्यो संस्थापन भएको छ । सही कुरा लागेपछि त्यसको पक्षमा उभिन्छु । इतिहासतिर फर्केर हेर्दा पनि म जहाँ उभिन्छु त्यो संस्थापन हुन सहयोग पुगेको छ । दोस्रो कुरा, म जे सही देख्छु, त्यसमा एक्लै भए पनि उभिन्छु’ भनेको सचिवालयले स्पष्ट गरेको छ । उनले अन्य कार्यक्रमहरुमासमेत उक्त कुरा बताउँदै आईरहेका छन् ।
नेकपाका स्पष्ट वक्तासमेत रहेका पौख्रल स्वच्छ छवि भएका नेतामा पर्ने नेकपा कार्यकर्ताहरुको दाबी छ । पछिल्लोसमयमा ओली दहाल पक्षको बिबाद मिलाउन नेतृत्वदायी भू्िमका खेल्ने समेत पोख्रेलबाट अपेक्षा गरिएको छ ।





