२६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले काठमाडौंस्थीत क्षेत्र नम्बर १ को विकास निर्माणसम्बन्धी अनुगमन गरेका छन् । पुर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काठमाडौंको बानेश्वर, बबरमहल, अनामनगरलगायतका स्थानमा विकास निर्माणका बारेमा अनुगमन गरेका हुन् । प्रदेश साँसद दिपेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु रामकुमार श्रेष्ठ, हिरालाल तण्डुकार, कुश ढकालसहितको समूहमा अनुगमनमा गएका काँग्रेस केन्द्य्रीय सदस्य सिंहले निर्बाचनका समयमा स्थानीय जनतासँग दिएका बचन पुरा गर्न प्रत्येक घरघरमा गएर विकास निर्माणको बिषयमा जनतासँग सुझाव लिने कार्यमा ब्यस्त देखिएका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका सुपुत्रसमेत रहेका नेता सिंहले स्थानीयसँग समूहगतरुपमा विकास निर्माणमा पछिल्लो समयमा भएका कार्यहरुमा असन्तुष्टी भए आफूलाई भन्न आग्रहसमेत गरेका छन् । नेकपा सरकार भ्रष्टाचारमा चुलुम्म डुबेको बताईरहेका नेता सिंह पछिल्लो समय आईरहेको काँग्रेस महाधिवेशनमा सभापतिको शसक्त उम्मेद्वार समेत हुन् । उनी विकास निर्माणको अनुगमनमा निस्कदा निर्बाचन क्षेत्रबासीले काँग्रेस संसदका तर्फबाट सन्तोषजनक काम भएको प्रतिकृया पाएका थिए ।







