राजनीति

लक्ष्मी पुजाका दिन पनि काँग्रेस नेता जोशी कोरोनाको जनचेतनामा देखिए ब्यस्त

२९ कात्तिक, काठमडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री नबिन्दराज जोशीले नेपालीहरुको महान चाड तिहारको लक्ष्मीपुजाका दिनमासमेत कोरोना महामारीको जनचेतना जगाउने कार्यमा ब्यस्त देखिएका छन् । २०७६ साल चैत ११ गतेदेखी नेपालमा लकडाउन शुरुभएदेखी नै कोरोना रोकथाम, उपचार र नियन्त्रणको षियमा गणेशमान सिंह स्मृति प्रतिष्ठानका तर्फबाट अध्ययन गरी सुझाव दिँदै अँएका नेता जोशी केहीदिनदेखी सर्बसाधारणलाई सडकमा माक्स बितरण गर्न, स्वानिटाईजर बितरण गर्न तथा कोरोनासम्बन्धी जनचेतना जगाउन ब्यस्त देखिन थालेका छन् ।
नेता जोशीले चित्रित्शक डा भुपेन्द्र बस्नेतसहितको समूहलाई लिएर कोभिड मापदण्डसहित कोरोनाको जनचेतना जगाउने कार्यमा सकृय देखिएका छन् । आज उनी घरदैलो कार्यक्रम अन्तर्गत कामनपा १३ सोल्टीमोड क्षेत्रलगायतमा सकृय देखिएका छन् । कतै हेर्दा प्रमुख प्रतिपक्षी दलका नेता भएर पनि उनले सरकारले गर्नुपर्ने काम गरिरहेका छन् भन्ने पुष्टी नै हुन्छ । उनी कोरोना नियन्त्रणका लागि सधैं सकृय देखिएका छन् ।