पु.समाचार

२४ घण्टामा ६ को मृत्यु, थपीए १४ सय ७७ जना कोरोना संक्रमित

३० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यही समयमा कोरोनाका कारण देशभर ६ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । नेपालमा अहिलेसम्म २ लाख ९ हजार ७०६ जना संक्रमित पुगेका छन्। जम्मा मृतक संख्या भने १२ सय २१ पुगेको छ ।